स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ।
नेपालमा आज २ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६९८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार २२८ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ८० हजार ५५६ जना र एन्टीजेन परीक्षणबाट ५४ हजार ९४१ जना पुगेको छ।
आज १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ।
आज १३ हजार ८३४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख ३९ हजार ८३ जनाको पिसिआर र २ लाख ८९ हजार ७२९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।































प्रतिक्रिया