पार्किङ गरी राखेकाे बसमा आगजनी

पार्किङ गरी राखेकाे बसमा आगजनी

केन्द्रबिन्दु
0
Shares

अज्ञात समूहले पार्किङ गरेर राखेको बसमा आगजनी गरेका छन् । गएराति दाङ जिल्ला तुलसीपुरको कालाखोलामा पार्किङ गरेर राखेको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरेको रा १ ख १८९२ नम्बरको बसमा आगजनी भएको प्रहरीको भनाइ छ ।

उक्त बसमा मध्यराति अज्ञात समूहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले बताए ।

Logo