२ जेठ २०७९ सोमबार
1
1
1
1

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

1
1
1
1
1
1

काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन् । 

कर्मचारीहरुले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै  सोमवार बिहान मेडिकल कलेज अगाडि प्रदर्शन गरेका हुन् । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु त्यसको विरुद्धमा आन्दोलित भएका हुन् । 

अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको कर्मचारीहरुले दाबी गरेका छन्। उनीहरुले कर्मचारी बि–नियमावली २०७६ मा भएको सेवा सुविधा व्यवस्थापन परिवर्तन भएपछि सबै सेवा, सुविधा काटिएको र त्यसलाई स्थापित गर्न श्रेष्ठले पहल गरेका कारण उनलाई अस्पताल सञ्चालकले स्वामित्व नै नभएको स्थानमा सरुवा गरेको दाबी गरेका छन् ।

अस्पताल सञ्चालकले श्रेष्ठलाई अस्पतालको स्वामित्व नभएको अस्पतालमा सरुवा गरेको कर्मचारीहरुले आरोप लगाउँदै आएका छन्।

प्रकाशित: ११ साउन २०७८ १५:०४ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी