नेपालमा आज १ हजार ७७८ जना निको भए, ३ हजार ८९९ संक्रमित थपिए

नेपालमा आज १ हजार ७७८ जना निको भए, ३ हजार ८९९ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।

नेपालमा आज ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार १७३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टीजेन परीक्षणबाट ५७ हजार १४४ जना पुगेको छ। 

आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ।

आज १७ हजार ५१८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख ६३ हजार ९७८ जनाको पिसिआर र २ लाख ९९ हजार ६२४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo