महिला तथा बालबालिकासम्बन्धी अपराधका घटनामा वृद्धि

महिला तथा बालबालिकासम्बन्धी अपराधका घटनामा वृद्धि

केन्द्रबिन्दु
0
Shares

नेपालमा महिला तथा बालबालिकासम्बन्धी अपराधका घटनामा वृद्धि भएकाे छ। प्रहरीका अनुसार  महिला तथा बालबालिकासम्बन्धी दशमध्ये आठ अपराध घटनाकाे ग्राफ  उकालो लागेकाे हाे। 

आठमध्ये पनि सर्वाधिक बाेक्सी आराेपका घटना बढेकाे तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ६१ वटा बाेक्सी आराेपका घटना भएका छन्। जबकि, त्यसअघि आर्थिक वर्ष २०७६/०७७ मा ३४ वटा र आर्थिक वर्ष २०७५/०७६ मा ४६ वटा बाेक्सी आराेपका घटना भएका थिए। अन्धविश्वासले गर्दा यस्ता अपराध हुने गरेकाे प्रहरीले जनाएको छ। 

यसपछि अप्राकृतिक मैथुन, बाल विवाह, घरेलु हिंसा, बाल याैन दुराचार, जबर्जस्ती करणी,  बहु विवाह र जबर्जस्ती करणी उद्योगसम्बन्धी घटना क्रमशः बढेकाे प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।

तर,  मानव बेचविखन तथा ओसारपसार र याैन दुर्व्यवहारका घटना भने घटेकाे देखिएकाे छ। २०७७/ ७८ मा १२२ जना बेचविखनमा परेकाेमा त्यसअघि २०७६/०७७ मा १६४ जना र २०७५/०७६ मा २४७ जना बेचविखनमा परेका थिए। यस्तै याैन दुर्व्यवहारका घटना पनि २०७६/०७७ मा ६ वटा भएकाेमा २०७७/०७८ मा २ वटा घटना भएका छन्।

Logo