काठमाडौं उपत्यकामा आज ८५९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ।
नेपालमा आज ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार २०६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ८८ हजार ३०७ जना र एन्टीजेन परीक्षणबाट ५८ हजार ३५० जना पुगेको छ।
आज ३३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ।
आज १५ हजार ८०८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख ७४ हजार ८६४ जनाको पिसिआर र ३ लाख ४ हजार ५४६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।





























प्रतिक्रिया