झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँच जनाको मृत्यु

झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँच जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन्।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ। यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ। यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो।

कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन्। त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताए। झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ।रासस

Skip This
Skip This
Logo