अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामाकाे विषयमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने भएको छ ।
एन्फाको शुक्रबार बसेको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानबिन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हाे । प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अल्मुताइरीले एकअर्काविरुद्ध छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए । मुख्य प्रशिक्षक अल्मुताइरीले निवेदनमा आफूलाई दुई जनाले टर्चर दिएको, असुरक्षित महसुस भएको भन्दै उनले काम गर्ने वातावरणका लागि छानबिन गर्नुपर्ने माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङले पनि एन्फाको आसन्न निर्वाचनलाई प्रभावित पार्ने गरी आफूमाथि आरोप लगाएको भन्दै यसबारे छानबिन गर्न माग गरेका थिए ।





























प्रतिक्रिया