दार्चुला तुइन प्रकरण : एसएसबीको संलग्नता नरहेको दाबी

दार्चुला तुइन प्रकरण : एसएसबीको संलग्नता नरहेको दाबी


जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गर्‍यो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले वास्तविकता पत्ता लगाई नेपाललाई कारवाही प्रक्रिया अघि बढाउन आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरिन् ।

तर भारतीय पक्षले एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

ड्युटी गर्ने क्रममा एसएसबीको टोली त्यहाँ गए पनि घटनामा (एसएसबीको) कुनै संलग्नता नरहेको भारतीय पक्षको दाबी छ ।

Logo