नेपालमा आज २ हजार २० जना निको भए, २ हजार ५६८ संक्रमित थपिए

नेपालमा आज २ हजार २० जना निको भए, २ हजार ५६८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ।

नेपालमा आज २ हजार ५६८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५८७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ९७ हजार ३७० जना र एन्टीजेन परीक्षणबाट ६१ हजार ९३७ जना पुगेको छ। 

आज १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।

आज १२ हजार ६३७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ११ हजार ८६७ जनाको पिसिआर र ३ लाख २२ हजार ६०१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo