काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकअनुसार आजसम्म काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितकाे संख्याले १० हजार नाघेकाे छ ।
काठमाडौं उपत्यकामा आज १ हजार २८९ जना कोभिड–१९ संक्रमित थपिएका छन्। आज काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना संक्रमित थपिएका हुन्।
योसँगै अहिले काठमाडौंमा ७ हजार ८० जना, भक्तपुरमा १ हजार २९९ जना र ललितपुरमा १ हजार६ ८९ जना सक्रिय सङ्क्रमित छन् ।





























प्रतिक्रिया