नेपाल वायुसेवा निगमको कानून शाखामा कर्मचारीको तालाबन्दी

नेपाल वायुसेवा निगमको कानून शाखामा कर्मचारीको तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

नेपाल वायु सेवा निगमको काम ठप्प पारेर विगत एक महिनादेखि आन्दोलनरत कर्मचारी युनियनहरुले कानून शाखामा तालाबन्दी गरेका छन्।

उनीहरूले अदालतमा पेस गर्ने प्रमाण नष्ट पार्ने उद्देश्यले निगमको कानून शाखामा तालाबन्दी गरेको आशंका गरिएको छ।

निगम बेच्न लागेको भन्दै प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा तालाबन्दी गरेर निगमको काम ठप्प पारेका कर्मचारीहरूले शुक्रबार कानून शाखाका प्रमुख अशोक सिग्देलसहितका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन्।

निगमका आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष ऋषिकेश पन्थीले कानून शाखामा तालाबन्दी गरेको र आइतबार कर्पोरेट तथा मानव स्रोत शाखामा पनि ताला लगाइने बताए।
निगमका प्रबन्धक निर्देशकले बाहिरबाट कानून व्यवसायी राखेर मुद्दा लड्ने भएपछि कानून शाखामा तालाबन्दी गरेको उनको भनाइ छ।

सर्वोच्च अदालतले साउन १० गते अन्तरिम आदेशमार्फत निगमलाई कम्पनीमा लैजाने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै त्यस सम्बन्धी आवश्यक कागजातहरू मागेको थियो।

कर्मचारीहरुले प्रमाण नष्ट गर्ने उद्देश्यले हुलहुज्जतको शैलीमा कानून शाखामा तालाबन्दी गरिएको निगम श्रोतले जनाएको छ।  तर, अध्यक्ष पन्थीले भने प्रमाण नष्ट गर्ने उद्देश्यले तालाबन्दी नगरिएको बताए।

Skip This
Skip This
Logo