नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, आज २५ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, आज २५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। आज २५ जनाको मृत्यु भएसँगै संख्या १० हजार नाघेको हो । ०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रविसेकी एक सुत्केरी महिलाको मृत्यु नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु थियो । त्यस यता आजसम्म मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ।

नेपालमा आज ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार २९९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख १० हजार ५०९ जना र एन्टीजेन परीक्षणबाट ६७ हजार ८० जना पुगेको छ। 

आज १५ हजार ६७५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ जनाको पिसिआर र ३ लाख ४९ हजार ५४३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ७०१ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जना संक्रमित थपिएका हुन्। 

Logo