आज १ हजार ७२२ जना निको भए, ३ हजार २१८ संक्रमित थपिए

आज १ हजार ७२२ जना निको भए, ३ हजार २१८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ।

नेपालमा आज ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९८७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख १२ हजार ७४० जना र एन्टीजेन परीक्षणबाट ६८ हजार ६७ जना पुगेको छ। 

आज १९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

आज १३ हजार ५७३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ७४ हजार ७०१ जनाको पिसिआर र ३ लाख ५४ हजार २५० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo