मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह–४ मा शनिबारराति भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । 

पूर्वतर्फ आउँदै गरेको को ८ प ४११५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सुनसरीको भोक्राहानरसिंह–४ का ३५ वर्षीय हेमन उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । 

हेमन मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–९ का ४० वर्षीय बाबुराम उराउ सामान्य घाइते भएका छन् । उनको इनरुवा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo