काठमाडौं उपत्यकामा आज ९५१ जना कोभिड संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ।
नेपालमा आज २ हजार ५४८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४११ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख १४ हजार ८७७ जना र एन्टीजेन परीक्षणबाट ६८ हजार ४७८ जना पुगेको छ।
आज ५५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।
आज १२ हजार ३७८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ८३ हजार ३७४ जनाको पिसिआर र ३ लाख ५७ हजार ५९५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।































प्रतिक्रिया