तपाईं मास्क नलगाइ हिँड्नुहुन्छ? त्यसो हो भने अब तपाईंलाई प्रहरीले सोध्नेवाला छ, ‘तपाईंको मास्क खोइ?
यसरी सोधेपछि तपाईंलाई मास्क लगाउन अनुरोध पनि प्रहरीबाटै हुनेछ। र, मास्क दिनेछ।
काठमाडौं उपत्यकामा प्रहरीले कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि ‘तपाईंको मास्क खोई?’ कार्यक्रम सञ्चालन गरेको छ। यही कार्यक्रमअन्तर्गत गएको २४ घण्टामा प्रहरीले १० हजार ७६ सय जनालाई निःशुल्क मास्क वितरण गरेको छ।
प्रहरीका अनुसार गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ३७ हजार ७ सय ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ।































प्रतिक्रिया