रोट्रयाक्ट क्लब अफ रुद्रमतीको अध्यक्षमा तिमिल्सिना

रोट्रयाक्ट क्लब अफ रुद्रमतीको अध्यक्षमा तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रोट्रयाक्ट क्लब अफ रुद्रमतीको २०२०/०२१ को अध्यक्षमा रमेश तिमिल्सिनालाई क्लबका पूर्वअध्यक्ष समिता ओझाले पदभार हस्तान्तरण गरेका छन् ।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा पदभार हस्तान्तरण गर्दै पूर्वअध्यक्ष ओझाले वर्षभरी गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा क्लवका एतिहासिक कार्यक्रमहरू भएको जानकारी दिए । उनले भने,‘मेरो कार्यकालमा गर्न नसकेको काम नयाँ कार्यकालले गर्नेछ भन्ने आशा राखेको छु ।’

सो अवसरमा रोटारीयन सुदिप कोइरालाले रोट्रयाक्ट क्लब अफ रुद्रमतीको इतिहास लामो रहेकोले र यसले समाजमा धेरै राम्रा कामहरू गरेको भन्दै अगामी दिनमा त्यसलाइ निरन्तरता दिन सुझाव दिए ।

पदभार ग्रहण गदै अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा क्लवका ऐतिहासिक (विगतका) कार्यक्रमहरूलाई निरन्तरता दिँदै यस वर्ष क्लबका प्रशासनिक, आर्थिक र परियोजनागत पाटाहरूलाई विगतका भन्दा उचाइमा लग्ने प्रतिवद्धता जनाएका छन । उनले यस वर्ष क्लबले आफ्ना सदस्यहरूको व्यक्तित्व विकास गर्दै एक आपसमा र अन्य रोट्रयाक्ट क्लबहरूसँगको फेलोसिपलाई विभिन्न कार्यक्रममार्फत प्रवद्र्धन गर्ने योजनामाथि प्रकाश पारेका छन् ।

कार्यक्रममा नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएर ब्याच वितरण गर्नुका साथै २०१९/२० मा क्लबलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने रोटारीयन तथा रोट्रयाक्टरहरूलाई मायाको चिनो प्रदान गरीएको थियो ।

प्रत्यक्ष रुपमा उपस्थित हुन नसक्ने सदस्यहरुले अनलाइन जुम एपमार्फत सहभागिता जनाएका थिए । पूर्वअध्यक्षहरु प्रकाश भुषाल, ज्योति पोडेल लगायतको आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा रोट्रयाक्ट क्बल अफ रुद्रमतीका सचिव सिम्रन ढकालले स्वागत मन्तव्य तथा सह(कोषाध्यक्ष रेम्शा प्रधानले धन्यवाद ज्ञापन गरेका थिए ।

Logo