सिंगापुर जान खोज्दा अढाइ करोड बढी गुम्यो अनि…

सिंगापुर जान खोज्दा अढाइ करोड बढी गुम्यो अनि…

केन्द्रबिन्दु
0
Shares

सिंगापुर पठाउँछ भन्ने थाहा पाएपछि ७८ जना युवायुवती ‘समृद्धि ब्रोड कन्सलटेसन्सी’ काठमाडौंको सम्पर्कमा पुगे। 

राम्रो कमाइ हुने भएपछि सिंगापुर जाने उनीहरूको चाहना हो। त्यही भएर उक्त कन्सलटेन्सीको सम्पर्कमा उनीहरू पुगेका हुन्।

जानका लागि उनीहरूले कन्सलटेन्सीले मागे जति दुई करोड ६१ लाख ५५ हजार रूपैयाँ बुझाए।

तर, महिनौं त के वर्षौं बित्दासम्म पठाएनन्। अर्थात् उनीहरू सिंगापुर पुगेनन्। त्यसपछि बारम्बार बुझ्दा छिटै पठाउने भन्ने आश्वास पाइरहेको पीडितमध्येका एक युवकले बताए।

लाग्ने शुल्क लिएको तर नपठाएपछि उनीहरू महानगरीय प्रहरी बृत्त मालिगाउँ पुगे। त्यहाँ ठगिएको भन्दै जाहेरी दिए। जाहेरीमा प्रतिवादी ३९ वर्षीय दिपबहादुर गुरुङसहित पाँच जना थिए।

त्यसमध्येका गुरुङलाई वृत्तबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरिसकेको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङ उक्त कन्सलटेन्सका मार्केटिङ म्यानजेर भएको खुलेको छ।
कन्सलटेन्सीको सञ्चालक भने ४२ वर्षीय नीमा लामा रहेको पनि खुलेको वृत्तले जनाएको छ।

उनी पनि धादिङको थाक्रे गाउँपालिका–८ का हुन्।

म्यानेजर गुरुङ, सञ्चालक लामासहितले सिंगापुर पठाउन भिसा प्रक्रियालगायतका लागि भन्दै उक्त रकम उठाइ सम्पर्कबिहीन भएको पीडितहरूको भनाइ छ।

यस्तै, ठगी आरोपमा पक्राउ परेका गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंबाट प्रहरीले पाँच दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार लामासहितका फरार भएकाहरूको खोजी भइरहेको छ।

Logo