रक्सी खाएपछि कास्कीको माछापुच्छ्रे–२ बाँझाखेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
६५ वर्षीय श्रीराम कामीले रक्सी खाएपछि आज बिहान ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेका हुन्।
प्रारम्भिक अनुसन्धानको क्रममा श्रीरामले सिलौटाको लोहोरो श्रीमायाको टाउकोमा प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।
टाउकोमा लोहोरो प्रहार भएपछि श्रीमाया गम्भीर घाइते भएकी थिइन्। स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी लगिएको थियो।
तर, उनको उपचार सफल भएन। र, मृत्युवरण गर्न पुगिन्। हत्या आरोपमा वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले श्रीरामलाई पक्राउ गरेको छ।
प्रहरीले आजै उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा उजुरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।































प्रतिक्रिया