काठमाडौं उपत्यकामा आज ९६४ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९६४ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ९६४ संक्रमित थपिएका छन्। आज काठमाडौंमा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ संक्रमित थपिएका हुन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ।

नेपालमा आज ३ हजार ४८१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८३५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख २३ हजार २९६ जना र एन्टीजेन परीक्षणबाट ७२ हजार ९५ जना पुगेको छ। 

आज ३० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ।

आज १६ हजार ६५६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख १० हजार १२ जनाको पिसिआर र ३ लाख ७५ हजार ३९८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo