काठमाडौं उपत्यकामा आज १ हजार १३३ जना कोभिड संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार १३३ जना कोभिड संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १ हजार १३३ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २९४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ।

नेपालमा आज ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७८७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख २५ हजार ७६९ जना र एन्टीजेन परीक्षणबाट ७२ हजार ८८२ जना पुगेको छ। 

आज ३२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।

आज १५ हजार ४६२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख २९ हजार १०९ जनाको पिसिआर र ३ लाख ८० हजार ५५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo