आगामी ५ महिनामा सक्रिय संक्रमितकाे संख्या करिब २ लाख पुग्ने आँकलन

आगामी ५ महिनामा सक्रिय संक्रमितकाे संख्या करिब २ लाख पुग्ने आँकलन

केन्द्रबिन्दु
0
Shares

आगामी पाँच महिनामा झन्डै दुई लाखजना सक्रिय सङ्क्रमित हुने प्रक्षेपण गर्दै सरकारले सोहीअनुसार द्रुत कार्ययोजना बनाएर अगाडि बढिरहेको जनाएको छ।

कोभिड महामारीसम्बन्धी सरकारको प्रतिकार्ययोजनाबारे बिहीवार प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीले जारी खोप कार्यक्रममा केही परिवर्तन ल्याइने पनि बताए।

पछिल्लो समय सङ्क्रमण दर बढ्न थालेपछि तेस्रो लहरसँग जुझ्न पहिल्यैदेखि पर्याप्त तयारी गर्नुपर्नेमा जनस्वास्थ्यविद्हरूले सरकारलाई सुझाव दिँदै आएका छन्।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएअनुसार प्रक्षेपण गरिएको अनुमानित एक लाख ९३ हजार सङ्क्रमितमध्ये करिब ३८ हजार जनालाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ।

क्षमता विस्तार योजना

तीमध्ये साढे नौ हजार जनाभन्दा बढीलाई सघन उपचार आवश्यक पर्ने सरकारको अनुमान छ। त्यसलाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री थप्नेदेखि क्षमता अस्पतालका क्षमता विस्तारसम्म कार्ययोजना अघि बढाइएको राज्यमन्त्री श्रेष्ठले बताए।

तेस्रो लहरमा बालबालिका बढी सङ्क्रमित हुने प्रक्षेपणबीच उनले भने, “सरकारी तर्फबाट १८० भेन्टिलेटरसहित २७५ वटा आईसीयू शय्या थप्ने प्रक्रिया रहेको छ।''

“सबै निजी क्षेत्रगरी विशेषगरी ब्याङ्क तथा वित्तीय संस्थाबाट देशभरि १६६ शय्याको एचडीयू र पीआईसीयू बाल सघन उपचार कक्षको निर्माण तथा सूची फाउन्डेशन र हिकाफ ३६० नामक संस्थाबाट २६५ वटा भेन्टिलेटर थप हुँदैछ ।''
राज्यमन्त्री श्रेष्ठका अनुसार ६,००० वटा अक्सिजन सिलिन्डर थप भइसकेको, ५,५०० वटा सय अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था भइसकेको र थप आउने क्रममा छ।

देशका ५५ वटै जिल्लाका १९ ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि स्रोत सुनिश्चित भएको पनि उनले जानकारी गराएको बिबिसीले जनाएको छ।
 

Skip This
Skip This
Logo