आजदेखि केही दिन मनसुन सक्रिय रहने

आजदेखि केही दिन मनसुन सक्रिय रहने

केन्द्रबिन्दु
0
Shares

आजदेखि केही दिन मनसुन थप सक्रिय हुने भएकाे छ। मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्हरूले बताएका हुन्।

प्रदेश एक, दुई र सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि नै लगातार पानी परिरहेको र अरु ठाउँमा बद्ली भएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

महाशाखाका अनुशार दिउँसोपछि देशका सबैजसो भूभागमा  हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ।

अबको तीन/चार दिन लगातार पानी पर्ने भएकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम हुन सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेकाे छ।

महाशाखाले विशेषगरी भिरालो जमिन र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेकाे छ।

Skip This
Logo