रहेनन् धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेत

रहेनन् धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेत

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतको कोभिड–१९ सक्रमणबाट ७१ वर्षको उमेरमा आज निधन भएको छ।

ओम अस्पतालमा उनी कोरोनाविरुद्ध उपचारार्थ थिए । पारिवारीक स्रोतका अनुसार आज दिउँसो उनको निधन भएको हो।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याएका उनी निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न रहेका थिए भने धान सम्बन्धी परामर्श दिन जहाँ पनि गुग्ने गर्थे।

नेपालमा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको छ। 

त्यस्तै हिउँदे धान खेतीको सुरुवात गर्ने उनी नेपालका पहिलो अनुसन्धानकर्ता थिए।

उनका दुई छोरी र श्रीमती रहेकाछन्।

Logo