आज देशभर बदली, झरी पर्ने सम्भावना

आज देशभर बदली, झरी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही प्रदेशमा भारी वर्षाको सम्भावना छ। विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

आज बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। 

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएकाे छ।  

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुराेध गरेको छ।

Skip This
Skip This
Logo