आज चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना

आज चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहेकोछ।

आज प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज सामान्य बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

Logo