नागरिकताका लागि झुटो विवरण र सिफारिस गर्ने वडाअध्यक्षसहित ९ जना पक्राउ

नागरिकताका लागि झुटो विवरण र सिफारिस गर्ने वडाअध्यक्षसहित ९ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

झुटो विवरण पेश गरेकालाई नागरिकता बनाउन सिफारिस गर्ने सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का वडाध्यक्ष रामकुमार राई र वडा सचिव प्रभात राई पक्राउ परेका छन् ।

सिन्धुलीका सरोज तामाङलाई झुटो विवरणसहित नागरिकता सिफारिस गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष राई नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

उनीहरु माथि १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

२०४८ सालमा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ – ४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाई भन्ने सनाखत गरी झुटो विवरण पेश गरेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।

गत साउन २० मा सोताङ गाउँपालिका ४ मा जन्म दर्ता गराएका थिए वडाको सिफारिसमा साउन २४ मा जिल्ला प्रशासन कार्यालय सल्लेरीबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता लिएका थिए ।

झुटो विवरण देखाएर नागरिकता लिएको उजुरीको आधारमा नागरिकता लिने ३० वर्षीय सरोज तामाङ, नक्कली दाई बन्ने ४२ वर्षीय शुक्र तामाङ र साक्षी बस्नेहरु स्थानीय टिकाराम राई, मन कुविर राई, सुदिप राई, सुर्य बहादुर राई र आषिश राईलाई प्रहरी यस अघि नै पक्राउ गरिसकेको छ । उनीहरु माथि अनुसन्धान चलिरहेको छ ।

Skip This
Skip This
Logo