चार लाख बराबरको रुद्राक्ष बरामद

चार लाख बराबरको रुद्राक्ष बरामद

केन्द्रबिन्दु
0
Shares

सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट सशस्त्र प्रहरीले चार लाख रुपैयाँ मूल्य बराबरको भारत तस्करी हुन लागेको रुद्राक्षमाला शुक्रबार बरामद गरेको छ ।

बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थाको एक हजार ८६० वटा माला (२०० किलो) बरामद गरेको हो ।

बरामद रुद्राक्ष त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । रुद्राक्ष मालाको अवैध कारोवारमा संलग्नको खोजी जारी रहेको उनले बताए । 

Logo