नक्कली नोटसहित २ भारतीय नागरिक पक्राउ

नक्कली नोटसहित २ भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

सुनसरीकाे देवानगंज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १०० रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोटसहित २ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल छन् । बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय देवानगंजले जनाएकाे छ । 

Logo