जापान सरकारले उपलब्ध गराएको एस्ट्राजेनेकाको थप खोप आइपुग्यो

जापान सरकारले उपलब्ध गराएको एस्ट्राजेनेकाको थप खोप आइपुग्यो

केन्द्रबिन्दु
0
Shares

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये शनिबार दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्तरण गरे।

यसअघि पहिलो चरणमा साउन २३ र २४ गते नौ लाख मात्रा खोप ल्याइएको थियो। बाँकी खोप आइतबार र सोमबार आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

कोभ्याक्स सुविधाअन्तर्गत जापानले १६ लाख १४ हजार ७४० मात्रा खोप प्रदान गरेको राजदूतावासले बताएको छ।

Skip This
Skip This
Logo