कालिकोटको खाँडाचक्र नगरपालिका–६ मा एक किशोरीको शव फेला परेको छ।
मन्दिर जान्छु भनेर ४ भदौमा घरबाट हिँडेकी १६ वर्षीया निरु विकको शव चार दिनपछि मकैबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ।
शरीरको विभिन्न अंग छुट्टिएको र जंगली जनवारले खाएको अवस्थामा शव भेटिएको स्थानीय बसन्त सुनारले बताए।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले बताए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ। न्युज कारखानाबाट































प्रतिक्रिया