सिन्धुपाल्चाेककाे ठोकर्पामा बस दुर्घटनाः दुई जनाको मृत्यु, ४१ घाइते

सिन्धुपाल्चाेककाे ठोकर्पामा बस दुर्घटनाः दुई जनाको मृत्यु, ४१ घाइते

केन्द्रबिन्दु
0
Shares

ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो।
 
घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। 

बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ। 

धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०/४५ वर्षको पुरुष राजन बराम र अन्दाजी २०/२२ वर्षका पुरुष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए।

Logo