बेहुला बन्छु भन्ने जेलमा पुगेपछि…

बेहुला बन्छु भन्ने जेलमा पुगेपछि…

केन्द्रबिन्दु
0
Shares

बेहुला हुने भनेका ३३ वर्षीय मधु श्रेष्ठ जेल चलान भएका छन्। बेहुला नहुँदा उनी जेल चलान भएका हुन्। कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा चलान भएको एक दिन भयो।

बेहुला भएको भए उनी त्यहाँ पुग्ने थिएनन्। बरु पुग्ने थिए, अर्घाखाँचीको भुमिकास्थानमा रहेको घरमा। अनि, बिहे गर्ने होलान्। 

तर, बेहुला नहुँदा जेल चलान भएका उनको जेल बसाइ कति हुन्छ? जिल्ला अदालत काठमाडौंको फैसला कुर्नुपर्छ।

मानव बेचविखन तथा अनुसन्धान ब्युरोकी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार मधुले नाम परिवर्तीत ‘बबरमहल २६’ लाई ‘बेहुली बनाउँछु’ भनेका थिए।

त्यसपछि उनीहरू भावनात्मक रूपमा नजिक भए। अन्ततः काठमाडौंको एक गेष्ट हाउटमा तीन दिन बसेको र यौन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठ बताउँछिन्।

तर, मधुले ती महिलालाई बेहुली बनाएनन्। मनमैंजुस्थित आफ्नो फ्ल्याटमा लगेर भने राखेका थिए।

महिलाका अनुसार मधुले ‘मेरी श्रीमतीसँग राम्रो सम्बन्ध छैन, तिमीसँग विवाह गर्छु’ भनेर फकाएका थिए।

त्यसो भनेर आफ्नो फ्ल्याटमा लगेका उनले ‘अब तिमी दुबई गएर पैसा कमाएर आउ, अनि हामी विवाह गरौंला’ भनी अन्ततः दुबई पठाए।

जतिबेला महिलाबाट १ लाख ३० हजार लिए। दुबईमा महिला कामका लागि अरबीको घरमा पुगिन्। पुगेको ०७७ कात्तिक २५ गते हो।

त्यहाँ पुगेपछि अरबीले बलात्कार गर्न खोजेको र शारीरिक र मानसिक यातना दिँदै १५ हजार दिराममा किनेको भनेपछि उनले बल्ल मधुबाट बेचिएको रहेछु भन्ने थाहा पाइन्।

र, भागेर गैरआवासीय नेपाली संघ (एनआरएन) दुबईको सम्पर्कमा पुगेर अरबीलाई उक्त रकम तिरेपछि गएको असार ९ गते नेपाल फर्केको डीएसपी श्रेष्ठ बताउँछिन्।

त्यसपछि पीडित ती महिलाले माइती नेपालको सहयोगमा साउनको १४ गते ब्युरोमा कीटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीको आधारमा साउन १७ मा मधु पक्राउ परेको डीएसपी श्रेष्ठले बताइन्। उनलाई जिल्ला अदालत काठमाडौंले बुधबार जेल चलान गरेको हो।

Skip This
Skip This
Logo