अविरल वर्षासँगैकाे पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

अविरल वर्षासँगैकाे पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षासँगैकाे पहिराे खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

सडकको  सेतीदोभान क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। 

भरतपुर महानगरपालिका-२९ सेतीदोभानस्थित नारायणगढ मुग्लिन खण्डमा बिहीबार  राति ८ः२० बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले दुवैतर्फ आवातजावत अवरुद्ध भएको छ।

यो स्थानमा असार र साउन महिनामा पनि दर्जनौ पटक पहिरो खसेर बाटो अवरुद्ध भएको थियो।न्युज कारखानाबाट

Skip This
Skip This
Logo