बागमती प्रदेशको आठौँ अधिवेशन अन्त्य

बागमती प्रदेशको आठौँ अधिवेशन अन्त्य

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्य गर्नुभएको उहाँको सचिवायले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को सिफारिस लगत्तै नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । गत जेठ १६ गतेदेखि सञ्चालनमा भएको बागमती प्रदेशसभाको आठौँ अधिवेशनले हालसम्म २४ वटा बैठक बसेको थियो ।

त्यस अवधिमा प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । त्यसैगरी प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित र प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।

यसै अधिवेशन बैठकको भदौ २ गते बागमती प्रदेश सरकार परिवर्तन भएको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएलगतै प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन ‍भएकी थिइन् । उनी मुख्यमन्त्री भएपछि दुई वटा मन्त्रिपरिषद् बैठक बसिसकेको छ । 

Skip This
Skip This
Logo