पहिरोले सडक अवरुद्ध हुँदा १२ घन्टादेखि शव अलपत्र

पहिरोले सडक अवरुद्ध हुँदा १२ घन्टादेखि शव अलपत्र

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षातपछि आएको पहिरोले पहलमानसिंह स्वाँर राजमार्गस्थित चौरपाटी गाउँपालिका कृष्ण भिरनजिक सडक अवरुद्ध हुँदा शव अलपत्र परेको छ।

चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनि र वडा नम्बर ७ मार्कु जोड्ने कृष्ण भिरमा गएको पहिरोका कारण १२ घन्टादेखि बाजुराको आटिचौर गाउँपालिका वडा नम्बर ७ दानिगाउका ६७ वर्षका मानसिंह खड्काको शव गए रातिदेखि अलपत्र परेको हो।

गएराति ९ बजे पुगे पनि पहिरोले सडक अवरुद्ध हुँदा बुवाको शव घरमा पुर्‍याउन नसकिएको छोरा सुरेन्द्र खड्काले जानकारी दिए। चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए।न्युज कारखानाबाट

Logo