घर भत्किँदा पाल्पामा एक बालिकाकाे मृत्यु

घर भत्किँदा पाल्पामा एक बालिकाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी छोरी नैना दर्जीको मृत्यु भएको हो ।

आइतबार बिहान ४ बजेतिर  उक्त घर भत्किँदा उनी  गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि मिसन अस्पताल पुर्‍याउने बित्तिकै डाक्टरहरूले उनलाई मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

Skip This
Skip This
Logo