अधिकार मागेर नपाइने भए खोस्छौंः घाइते र वेपत्ता पारिएका पीडित परिवार

अधिकार मागेर नपाइने भए खोस्छौंः घाइते र वेपत्ता पारिएका पीडित परिवार

केन्द्रबिन्दु
0
Shares

सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुन सक्ने चेतावनी दिएका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले काठमाडौंमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दुराले न्याय नपाए विद्रोह हुन सक्ने चेतावनी दिइन् । 

अन्तर्राष्ट्रिय सम्झौताहरुले न्याय नपाए बिद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमा नै न्याय दिनुपर्ने बताइन् । 

पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको आरोप लगाइन् । 

पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताए । उनले कोठा र होटलमा कार्यक्रम गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने विचार राखे । उनले राजनैतिक रुपमा वकालत हुने गरी काम गर्न सक्नुपर्ने, युद्ध गराउने र गर्नेले जवाफ दिने गरी काम हुनुपर्ने बताए । 

 

Skip This
Skip This
Logo