अर्घाखाँचीमा पहिरोमा परेर एक जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् ।पहिरोले घर पुरिँदा पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षीया झरना सुनारकाेको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएकाे छ ।
पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । घाइतेहरूकाे स्थानीय मेडिकलमा उपचार भइरहेकाे र उनीहरुको अवस्था सामान्य रहेको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो ।































प्रतिक्रिया