लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

केन्द्रबिन्दु
0
Shares

इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी-४ मा कोठाभाडामा बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २५ वर्षीया शर्मिला राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलको बीचमा ‘ह्याप्पी बर्थडे’ लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले बाहिरबाट बेरेर राखेको अवस्थामा कार्टुन र मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको जेब्रा झोलाभित्र प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको हो। प्रहरीले उनीहरूको साथबाट २१ किलो गाँजा बरामद गरेको जनाएको छ।

यस्तै गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्ला जोगवनी थाना पीपरा पञ्चायत-६ विसनपुर (बिहार) बस्ने अन्दाजी ३० वर्षीय टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा नौ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।न्युज कारखानाबाट

Skip This
Skip This
Logo