सरकारको चेतावनी: भारतीय प्रधानमन्त्रीविरुद्ध गतिविधि गरे कारबाही गर्ने

सरकारको चेतावनी: भारतीय प्रधानमन्त्रीविरुद्ध गतिविधि गरे कारबाही गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नारावाजी गर्ने र भारतविरुद्ध उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

जयसिंह धामी बेपत्ता प्रकरणमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले मोदीविरुद्ध नारावाजीसँगै पुत्ला दहन गरेपछि गृहको चेतावनीयुक्त विज्ञप्ति आज सार्वजनिक भएको हो।

प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘मित्रराष्ट्रहरू विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गर्ने व्यहोरा जानकारी गराइन्छ।’

सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन सरकारको चाहना रहेको पनि विज्ञप्तिमा भनिएको छ।

कुनै पनि मित्रराष्ट्रका विरुद्धमा गतिविधि हुन नदिन कटिबद्ध रहेको भन्दै मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने पनि क्रियाकलाप नगर्न गृहले आग्रह गरेको छ। 


 

Logo