कुलमानविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

कुलमानविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ भनेको छ।

अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्दालाई समय अभावले ‘हेर्न नभ्याइने’ मा राखेको हो।

घिसिङ अघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गैरकानुनी रूपमा जिम्मेवारीबाट हटाएको र सोही जिम्मेवारीमा पुनर्वहालीको माग गर्दै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमार्फत् घिसिङलाई कार्यकारी निर्देशक बनाउने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेका छन्।

यसअघि भदौ ८ मा जबराकै इजलासले मिसिल झिकाउन आदेश दिएको थियो।
 

Logo