संखुवासभा हत्याकाण्ड: ६ जनाको शव धरान लगियो

संखुवासभा हत्याकाण्ड: ६ जनाको शव धरान लगियो

केन्द्रबिन्दु
0
Shares

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न प्रहरीले जिल्लाका नाका सिल गरेको छ।

धरानबाट गएको एसपीसहितको टोलीले जिल्ला नाका सिल गरेर हत्यामा संलग्न भएकालाई खोजीकार्य तीव्र पारेको छ। तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। अहिलेसम्म केही रहस्य नखुलेको प्रहरीले जनाएको छ।

सो घटनाको अनुसन्धानका लागि डीएसपी लालध्वज सुवेदी घटनास्थलमै रहने भएका छन्।

हत्या गरिएको २४ घन्टापछि मंगलबार बिहानदेखि अनुसन्धान सुरु भएको छ। प्रहरीले ६ वटै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगेको छ। संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहालको टोली शव लिएर फर्केको हो।

सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो। उनका ८५ वर्षीय बाबु बौद्धमान कार्की भने सकुशल छन्।न्युज कारखाना

Skip This
Skip This
Logo