महिलाहरुले यसरी मनाए ऋषिपञ्चमी (फोटो फिचर)

महिलाहरुले यसरी मनाए ऋषिपञ्चमी (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् ।  

बिहानै उठेर महिलाहरु नजिकको खोला, ताल, पोखरी पुगेर पूजा आराधना गरी ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाइछुइ लगायतका कुनै खाले त्रुटि भएको भए त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।  हरितालिका तीजको आज अन्तिम दिन पनि हो । 

सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । 

यी तस्विर गोकर्ण र उत्तर गयामा लिइएका हुन् ।

शब्द\तस्विरः उत्सव वाग्ले

Logo