प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित दोलखाका तीन पत्रकार सम्मानित

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित दोलखाका तीन पत्रकार सम्मानित

केन्द्रबिन्दु
0
Shares

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित दोलखा जिल्लाका तीन पत्रकार सम्मानित भएका छन्।

सम्मानित हुनेमा काउन्सिलका अध्यक्ष बस्नेतसहित प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा छन्। दोलखामा जन्मिएर पत्रकारिता क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भएका र पत्रकारिता क्षेत्रबाट जिल्लामा पुर्याएको योगदानको प्रशंसा गर्दै चरीकोट मिडिया फाउन्डेसन तथा हुराडेक नेपालले उनीहरुलाई सम्मान गरेको हो।

सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले काउन्सिलको नीति नियमअनुसार प्रतिबद्ध भएर काम गर्ने बताए। 

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य मास्के र दीपक पाण्डे, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस चौतारी नेपालका वाग्मती प्रदेश संयोजक शरदचन्द्र सापकोटा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा लगायतले शुभकामना व्यक्त गरेका थिए।

Skip This
Skip This
Logo