काठमाडौं उपत्यकामा आज २५६ संक्रमित थपिए, ललितपुरमा शुन्य

काठमाडौं उपत्यकामा आज २५६ संक्रमित थपिए, ललितपुरमा शुन्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज २५६ जना कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा २४३ र भक्तपुरमा १३ जना थपिएका छन् भने ललितपुरमा आज एकजना पनि संक्रमित थपिएका छैनन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २३४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ।

नेपालमा आज १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८३ हजार ९१० जना र एन्टीजेन परीक्षणबाट ८८ हजार ८९० जना पुगेको छ। 

आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

आज ११ हजार ३८५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ८५ हजार ७९६ जनाको पिसिआर र ५ लाख ३४ हजार ९९४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Logo