लोकसेवा परीक्षार्थी डिप्रेशनको शिकारः नतिजा ननिकालेको भन्दै प्रदर्शन

लोकसेवा परीक्षार्थी डिप्रेशनको शिकारः नतिजा ननिकालेको भन्दै प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको ६३१ जना शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । 

सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले लोकसेवाजस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगीत गरिएको सूचना निकालिनु घिनलाग्दो भएको बताएका छन् । 

उनीहरुले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन् । 

प्रदर्शनमा उत्रिएका परीक्षार्थी सुदिप सापकोटाले लोकसेवाजस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको बताए । उनले लोकसेवा आयोगले सबै परीक्षाहरु सकिसकेपछि पनि नियम, कानून र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको आरोप लगाए । 

प्रदर्शनकारी परीक्षर्थीहरुले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरु डिप्रेशनको शिकार भइरहेको बताएका छन् । उनीहरुले लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको बताएका छन् ।  
 
 

Logo