भूकम्पको धक्का महसुस, ४ दशमलब २ रेक्टर स्केल मापन

भूकम्पको धक्का महसुस, ४ दशमलब २ रेक्टर स्केल मापन

केन्द्रबिन्दु
0
Shares

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साेमबार भूकम्पको धक्का महसुस गरिएको छ। साेमबार दिउँसाे साढे ४ बजे गएको भूकम्प बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख  तीर्थराज दाहालका अनुसार ४ दशमलब २  रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको खर्रा क्षेत्र आसपास रहेको छ। 

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत भदौ २६ गते पनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी  क्षेत्र केन्द्रविन्दु भएर  ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो।

Skip This
Logo