राष्ट्रिय परिचयपत्र बनाउँदै वनकरिया

राष्ट्रिय परिचयपत्र बनाउँदै वनकरिया

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन्। यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ । 

राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुसी लागेको पूजा वनकरियाले बताए । उनले भने,‘राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा धेरै खुसी लागेको छ ।’

यसैगरी ३८ वर्षीय सुरेश वनकरियाले पनिआफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए । आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अङगमा आफूहरु पनि सामेल हुन थालेकामा खुसी लागेको बताए । 

प्राथमिक शिक्षाअध्ययन गरेका उनले आफ्नाभावी सन्नतीअव शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको जानकारी दिए ।  नेपालमा नै जम्मा ९१ जनसङ्ख्या रहेको उक्त समुदायका ३० जनाले गाउँपालिकाद्वारा  सो विद्यालयमा सञ्चालन गरिरहेको राष्ट्रिय परिचयपत्र शिविरमाआफ्नो  परिचयपत्रसहित उपस्थित भइरहेका छन् । मनहरि– ४ का वडाध्यक्ष धु्रव खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिए ।

सो विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भने,‘केहीवर्ष अघिसम्म वनमाआधाररित जीवनशैली रहेको वनकरियाको हाल शिक्षित हुदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएको यसले हामीलाई पनि खुसी बनाएको छ ।’ वनकरिया बस्तीमा हाल उच्च शिक्षाअध्ययन गर्ने छात्रासमेत भएको उनले बताए ।

ती समुदायका छात्रछात्रालाई  घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रअ. आचार्यले जानकारी दिए । उनले विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव भएको बताए । हालसम्म पम्फा, सन्तोषी  र अनिल वनकरियाले माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण भएको जानकारी दिए ।

यसैगरी कक्षा १ देखि १० सम्मकूल १५ छात्रछात्रा विद्यालयआउने गरेका छन् र मनहरि– ४ का वडासचिब विदुर पाठकले १० दिनसम्मको शिविरमा जम्मा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताए । शिविर पाँच दिन थप गरिएको छ । – रासस 

Skip This
Logo